[Chorus]
नसम्झ भुलिदिनेलाई, टाढा भैजानेलाई
नबोलाउ साथी फेरी फेरी हृदय तोड्नेलाई
नसम्झन भुलिदिनेलाई, टाढा भैजानेलाई
नबोलाउ साथी फेरी फेरी हृदय तोड्नेलाई
नबल्झाउ भरेको घाउलाई, सहन धेरै गार्हो छ
नसम्झाउ भुलेको यादलाई, बिर्सन धेरै गार्हो छ
नसम्झ भुलिदिनेलाई, टाढा भैजानेलाई
[Verse 1]
माया हो खेल, धेरैले खेल्छ
कसैले हसाउछ, कसैले रुवाउछ
भुल्न नसक्ने चोटहरु बोकि
आफ्नै भागयलाई दोस्याउने गर्छ
पिर लिएर हुँदैन अब
आफैलाई हर दिन मारेर
[Chorus]
नसम्झ भुलिदिनेलाई टाढा भैजानेलाई
[Verse 2]
जीवन भर दु:ख र सुख आइरहन्छ
यही जीवन बाँच्नु छ यहाँ
आँखामा आँसु लिएर होईन, हाँसेर आज
जीवन चल्दैन यसरी अब
आफैलाई हर दिन मारेर
[Chorus]
नसम्झ भुलिदिनेलाई, टाढा भैजानेलाई
नबोलाउ साथी फेरी फेरी हृदय तोड्नेलाई
नबल्झाउ भरेको घाउलाई, सहन धेरै गार्हो छ
नसम्झाउ भुलेको यादलाई, बिर्सन धेरै गार्हो छ
नसम्झ भुलिदिनेलाई, टाढा भैजानेलाई