[Verse 1: Akash Khadka]
आजमा नै खुसी छु म
अतीतको पर्वा छैन
तिमी छौ साथ त
आउने दिनको डर छैन
आशा छ माया हाम्रो
टुटेर जाने छैन
मन भरी कति माया छ
तिमीलाई पो थाहा छैन
[Chorus: Akash Khadka]
तिमी भएर
अर्थ रह्यो मेरो सासको
तिमी बिना त
जीत पनि मेरो हार हो
अङ्गाल न, सम्हाल न
साँचेर राख माया सबै
समेटेर साँची राख
उपहार भए म नै
तिमीलाई
तिमीलाई
[Verse 2: Samir Shrestha]
पाए जब मैले तिम्रो साथ
जीत भयो मेरो सबै हार
जागी उठे रहर कयौं हजार
बुन्न थाले सपनाको संसार
सार्है राम्री देखिन्छौ तिमी
हाँसोले मुहार ढाक्दा तिम्रो
पाउँछु हराएको म
निगाली हेर्दा आँखामा तिम्रो
[Chorus: Samir Shrestha]
तिमी भएर
अर्थ रह्यो मेरो सासको
तिमी बिना त
जीत पनि मेरो हार हो
अङ्गाल न, सम्हाल न
साँचेर राख माया सबै
समेटेर साँची राख
उपहार भए म नै
तिमीलाई
तिमीलाई
[Chorus: Both]
तिमी भएर
अर्थ रह्यो मेरो सासको
तिमी बिना त
जीत पनि मेरो हार हो
अङ्गाल न, सम्हाल न
साँचेर राख माया सबै
समेटेर साँची राख
उपहार भए म नै
तिमीलाई
तिमीलाई