[Chorus: Aruna Lama, Jitendra Bardewa]
हेर न, हेर कान्छा
डाडाँलाई फूलले ढाक्यो
टिप न, टिपेर एउटा
चुल्ठोमा गाँसीदेउन
हुन्छ लौ हुन्छ कान्छी
त्यो फूल म टिपी ल्याउँला
फूलेको फूल झैँ तर
एकपल्ट हाँसीदेउन
[Verse 1: Aruna Lama]
सुम्पिए हृदय तिमीलाई
हृदय मेरो नतोड
जीवनको बाटो छ लामो
एकलै बिचमा नछोड
[Verse 2: Jitendra Bardewa]
आकाश, धर्ती साछी छ
हृदयको माया तिम्रै हो
यो जीवन मात्र होइन
अर्को जीवन पनि तिम्रै हो
[Chorus: Aruna Lama]
हेर न, हेर कान्छा
डाँडालाई फूलले ढाक्यो
टिप न, टिपेर एउटा
चुल्ठोमा गाँसीदेउन
[Verse 3: Aruna Lama]
जोवन हाम्रो एकबाजी
फूलेको सम्झ मायामा
हृदयको माया मेरो
एकबाजी सुम्पेको सम्झना
[Verse 4: Jitendra Bardewa]
सुम्पेको तिम्रो त्यो माया
भुलाउने छैन आजन्म
सम्झना राख्ने छु सँधै
बाँधेको बाचा मायामा
[Chorus: Aruna Lama, Jitendra Bardewa]
हेर न, हेर कान्छा
डाँडालाई फूलले ढाक्यो
टिप न, टिपेर एउटा
चुल्ठोमा गाँसीदेउन।
हुन्छ लौ हुन्छ कान्छी
त्यो फूल म टिपी ल्याउँला
फूलेको फूल झैँ तर
एकपल्ट हाँसीदेउन