[Chorus]
खोलाको किनारमा बसि रहदा, मायालु
मन बग्छ खोला सितै कताकता, मायालु
मन बग्छ खोला सितै कताकता, मायालु
[Verse 1]
पर्खेर बसे आउछ कि भनि, तर्केर गएछ
जिन्दगी भरि लेखेको कथा अधुरो भएछ
आकाश नोली म हेरी रहदा, मायालु
[Chorus]
मन उड्छ माथि अझै कताकता, मायालु
मन उड्छ माथि अझै कताकता, मायालु
[Verse 2]
त्यसलाई आफ्नै भनेको थिएँ बिरानो भएछ
भरखर मात्रै बुनेको माला, पुरानो भएछ
सुनखरी टिपेर ओर्ली रहदा मायालु
[Chorus]
मन चोर्छ मालासितै कताकता, मायालु
मन चोर्छ मालासितै कताकता, मायालु
[Outro]
मन चोर्छ मालासितै कताकता, मायालु
मन बग्छ खोला सितै कताकता, मायालु