[Chorus: Aruna Lama, Rudra Mani]
ए कान्छा, मलाई सुनको तारा खसाईदेउन
त्यो तारा मात्र होईन, जून पनि झारिदिऊँला
ए कान्छा, मलाई सुनको तारा खसाईदेउन
त्यो तारा मात्र होईन, जून पनि झारिदिऊँला
[Verse 1: Aruna Lama, Rudra Mani]
गाईगोरू बाँधेर छिट्टै भेट्न आउन
बाटैमा रात पर्ला, ऊज्यालोमै आउन
अन्ध्यारो केहो र माया पिरती अघि
पर्खिदेउ म आउँछु अन्ध्यारोलाई तोडि
[Chorus: Aruna Lama, Rudra Mani]
ए कान्छा, मलाई सुनको तारा खसाईदेउन
त्यो तारा मात्र होईन, जून पनि झारिदिऊँला
[Verse 2: Aruna Lama, Rudra Mani]
लौ उडि जाउँ कहाँ बादल लुछि ल्याउन
बादललाई गाँसेर आँचल बनाईदेउन
ल हुन्छ बादलको आँचल बनाईदिऊँला
छेउ-छेउमा ताराको जलप लगाईदिऊँला
[Chorus: Aruna Lama, Rudra Mani]
ए कान्छा, मलाई सुनको तारा खसाईदेउन
त्यो तारा मात्र होईन, जून पनि झारिदिऊँला
ए कान्छा, मलाई सुनको तारा खसाईदेउन
त्यो तारा मात्र होईन, जून पनि झारिदिऊँला