[Intro]
हो हो आहा हो
[Chorus]
यि आँखामा रिमझिम रिमझिम सपना झुले
झिलमिल झिलमिल चाहाना खुले
त्यो मन रिझाउन खोज्दा
जिवन रंगाउन खोज्दा
यि आँखामा
[Verse 1]
हराभरा साउन पनि सुक्खा-सुक्खा जस्तो लाग्छ
हराभरा साउन पनि सुक्खा-सुक्खा जस्तो लाग्छ
उनि बिना यो जून पनि रुखा-रुखा जस्तो लाग्छ
कठै माया चर्किदिन्छ
आफ्नै छायाँ तर्किदिन्छ
यि आँखामा
[Verse 2]
आकाशको निलिमालाइ कुहिरोले छेके जस्तो
आकाशको निलिमालाइ कुहिरोले छेके जस्तो
गुराँसको लालीमालाइ पहिरोले टेके जस्तो
छाती भित्र तुफान चल्छ
परेलीमा बिहान जल्छ
[Chorus]
यि आँखामा रिमझिम रिमझिम सपना झुले
झिलमिल झिलमिल चाहाना खुले
त्यो मन रिझाउन खोज्दा
जिवन रंगाउन खोज्दा
यि आँखामा